डुकाउ फिस टनेल एक्सपो तथा सांस्कृतिक व्यापार महोत्सव २०८२ आज भव्य रूपमा आज उद्घाटन हुँदै
- नबिन राज खकुरेल
- 14 Aug, 2025
काठमाडौँ, साउन ३० – कागेश्वरी मनोहरा नगरपालिका–८, कृष्ण मन्दिर अगाडि लवडाँडामा आज डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक तथा व्यापार महोत्सव २०८२ सभ्य र भव्य रूपमा उद्घाटन हुँदैछ । महोत्सव भदौ २१ गतेसम्म सञ्चालन हुने आयोजक संयुक्त नेपाल मेला महोत्सव समूह प्रा.लि. ले जानकारी दिएको छ।
काठमाडौंमै पहिलोपटक आयोजना गरिएको यस महोत्सवमा आज उद्घाटनकै दिनदेखि फिस टनेल मार्फत समुद्री जीवजन्तु र विभिन्न माछाहरूको अवलोकन, रमाइलो मेलाका खेलकुद सामग्री, बाल उद्यान, सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको महोत्सव, सस्तो बजार, औद्योगिक तथा प्रविधि प्रदर्शनी लगायत आकर्षण सार्वजनिकका लागि खुला गरिएको छ।
कार्यक्रममा दुर्गेश थापा, प्रमोद खरेल, जी बब, ज्योति मगर, सुगम पोखरेल, एलिना चौहान, रचना रिमाल, शान्तिश्री परियार, शान्ता रानी परियार, विश्व दोङ, उर्गेन दोङ, श्याम राणा, रमेशराज भट्टराई, प्रिति आले, प्रीति पासवान लगायतका चर्चित कलाकारहरूले मेला अवधिभरि आफ्नो विशेष प्रस्तुतिहरु दिनुहुनेछ।
आयोजक संयुक्त नेपाल मेला महोत्सव समूह प्रा.लि. र सह–आयोजक आर्या इन्टरटेन्मेन्ट का अनुसार महोत्सवमा १०० भन्दा बढी स्टलहरू रहनेछन्, जसमा हस्तकला, कृषि उपकरण, विद्युतीय सामग्री, लत्ताकपडा, मोबाइल तथा इलेक्ट्रोनिक सामान, पर्यटन तथा सांस्कृतिक प्रदर्शनीहरू हुनेछन्।
विशेष सहयोगीका रूपमा सिद्धि विनायक टोल सुधार समिति, ऊँ समाज संस्था र पशुपति क्षेत्र सुन्दर टोल सुधार समिति रहेका छन्।
महोत्सवमा मनोरञ्जन, व्यापार, पर्यटन र संस्कृतिको संयोजन गर्दै स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास छ।
Leave a Reply
Your email address will not be published. Required fields are marked *



