नयाँ म्यूजिक भिडियो "YETA AAU NA" सार्वजनिक – तरबारको प्रेमकथा अब दृश्यमा!
- नबिन राज खकुरेल
- 22 Jul, 2025
काठमाडौं, २०८१ — नेपाली संगीत क्षेत्रमा नयाँ तरंग ल्याउँदै तरबार उर्फ रेमनले आफ्नो नयाँ अफिसियल म्यूजिक भिडियो “YETA AAU NA” सार्वजनिक गरेका छन्। समर्पण, प्रेम र सन्देश बोकेको यो गीतमा तरबारसँगै सुन्दरी कलाकार सुस्मिता गिरीको अभिनय देख्न पाइन्छ।
भिडियो निर्देशन तथा छायांकन टपन मिश्रले गरेका छन् भने, सम्पादन र रङ संयोजन पनि उनकै जिम्मेवारीमा रहेको छ। गीतको रचना रेमन संगत तरबार स्वयंले गरेका हुन् र तरबारको आवाजमा यसले संगीतप्रेमीलाई अझ भावुक बनाएको छ।
Lou Xtwo को बीटमा 2000s RnB स्वाद थपिएको यस गीतलाई Carnival Records र Talbar Studio मा रेकर्ड, मिक्सिंग र मास्टरिङ गरिएको हो।
विशेष धन्यवाद र प्रायोजन
गणेश संगत
The Momo Station (सिफल, काठमाडौं)
The Miracle Garden & Restro (चाबहिल गणेशस्थान)
Divya Hospitality Club (बौद्ध, नयाँ बस्ती)
Jutees Chiya & Cafe (चाबहिल, स्तुपा)
तरबारले सामाजिक सञ्जालमार्फत आफ्नो सबै फ्यान र समर्थकहरूलाई गहिरो धन्यवाद दिँदै लेखेका छन् –
"मैले आफुबाट सक्दो राम्रो गर्ने कोसिस गरेको छु, कृपया सकारात्मक रूपमा हेरौं र माया गरौं। तपाईंहरूको साथले अझ धेरै राम्रो सिर्जना लिएर आउने छु।"
कृपया ध्यान दिनुहोस्:
यो भिडियो कुनै पनि प्लेटफर्ममा अनुमति बिना पुन: अपलोड वा प्रयोग गरेमा कडा कानुनी कारबाही गरिनेछ।
तरबारसँग सम्पर्क गर्न:
YouTube: @talbar_official_
Instagram: Talbar Music
TikTok: @talbar_music_
अन्त्यमा तरबारले लेखेका छन्:
"सबैलाई माया छ है, अब र्यापहरू रफ्तारमा छिट्टै आउँछन्। साथ नछोड्नु होला। Peace ✌️"
#YetaAauNa #TalbarMusic #NepaliRap #NewRelease #LoveStoryMusicVideo
संगीतको माया छ भने – एकपटक यो भिडियो हेर्न नबिर्सनु होला! ❤️
https://youtu.be/kOF6UrpTZDk?si=tlEwNUzcJDfpG7Bb
Leave a Reply
Your email address will not be published. Required fields are marked *



