:
Breaking News

नयाँ तीज गीत ‘यो तीजमा भाइरल हुने हो’ सार्वजनिक, कलाकारहरूको उत्कृष्ट प्रस्तुति

top-news

काठमाडौं । लोकसंगीतप्रेमीका लागि खुशीको खबर ! आगामी तीज पर्वलाई लक्षित गर्दै नयाँ तीज गीत ‘यो तीजमा भाइरल हुने हो’ सार्वजनिक गरिएको छ। चर्चित गायक तथा सर्जक घमेश दुलाल, भीमसेन खतिवडा, राधिका ढकाल र आशा लामा ‘ज्ञानमाला’ को सशक्त स्वरमा सजिएको यो गीत भीमसेन खतिवडाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
भिमसेन खतिवडा र राधिका ढकाल को प्रस्तुति यो गीत २०८२ सालको तीज गीतहरूमा छुट्टै पहिचान बनाउन सक्ने सम्भावनामा रहेको छ। गीतमा शब्द, संगीत र सर्जनात्मकता भीमसेन खतिवडाकै रहेको छ भने अरेन्ज नारायण दङालले गरेका हुन्। गोपाल दयालको रेकर्डिङ, रोशन धितालको सम्पादन, कृष्ण लामीछानेको मिक्सिङ तथा मास्टरिङ रहेको यो गीत Music Plus ‘mf’ स्टुडियोमा तयार गरिएको हो।

गीतको समूह स्वर किरण बिसी, कृष्ण विश्वकर्मा, मनु सुनार र प्रभिषा रसाइलीले दिएका छन्।

 भिडियो पक्ष पनि आकर्षक

गीतको निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने कोरियोग्राफी प्रकाश सोनी को रहेको छ। सन्तोष तिमल्सिना को छायांकन, रोशन ढकाल को सम्पादन तथा रंग संयोजनले भिडियोमा थप आकर्षण दिएको छ।

भिडियोमा राजन चौलागाईं ‘खैराते’, प्रकाश सोनी, रिया खड्का, जेनी क्विन र विशेषता महर्जनको अभिनय देख्न सकिन्छ। भिडियो निर्माण मिलन फिल्म्स प्रोडक्सन प्रा. लि. ले गरेको हो।

तीज २०८२ का लागि भाइरल हुने संकेत

गीतको शब्द, लय, स्वर र अभिनयको संयोजनले गर्दा यो गीत टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल हुने अनुमान गरिएको छ। विशेषगरी तीजको अवसरमा मनोरञ्जन दिनका लागि बनाइएको यो गीतमा मौलिकपन र आधुनिक शैलीको सुन्दर समिश्रण देखिन्छ।

हेर्न नछुटाउनुहोस् - ‘यो तीजमा भाइरल हुने हो’ भीमसेन खतिवडाको युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।
https://youtu.be/M2di1BoGS9o?si=7bbk3c5915V0LSn9

https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *