जुनियर सिङ्गिङ स्टारको ग्रान्ड फिनाले साउन १७ गते, उत्कृष्ट ६ फाइनलिस्ट घोषणा
- नबिन राज खकुरेल
- 27 Jul, 2025
काठमाडौं — ‘खोजी नयाँ आवाज’ भन्ने नाराका साथ आर्या मिडिया प्रालिको आयोजनामा भव्य रूपमा सञ्चालन हुँदै आएको बाल गायन प्रतियोगिता जुनियर सिङ्गिङ स्टार आफ्नो अन्तिम चरणमा पुगेको छ। विभिन्न चरणका प्रतिस्पर्धा पार गर्दै प्रतियोगिताले छ जना उत्कृष्ट फाइनलिस्ट को घोषणा गरिसकेको छ।
आर्या मिडियाका सञ्चालक कपिल कार्कीका अनुसार, देशका विभिन्न स्थानहरूमा आयोजना गरिएका अडिसनहरूमा १००० भन्दा बढी बाल प्रतिभाहरूले सहभागिता जनाएका थिए। चरणबद्ध रूपमा जजमेन्ट राउन्ड र भोटिङ राउन्ड पार गर्दै, सम्पूर्ण नेपाली जनमानसको समर्थन र मतका आधारमा छ जनालाई अन्तिम चरणका लागि छनोट गरिएको हो।
छ जना फाइनलिस्टहरू यसप्रकार छन्:
1. संगीत तामाङ
2. ज्योति परियार
3. देवराज सिङ्तान
4. मुस्कान तामाङ
5. सुप्रिया तामाङ
6. जिबेस तामाङ
निर्णायक मण्डली:
कर्णराज गिरी – चर्चित गायक र संगीतकार
सरु गौतम – लोकप्रिय गायिका
डिगराज पौडेल –गायक तथा अनुभवी संगीतकर्मी
निर्णायकहरूले प्रतियोगीहरूको स्वर, प्रस्तुति, भाव र सम्भावनाका आधारमा गहिरो मुल्यांकन गर्दै आएको आयोजकले जनाएको छ।
कार्यक्रम प्रस्तोताको रुपमा नियुक्ति शेर्पा र वरिष्ठ कलाकार कुमारमणि गजुरेलले गर्नुभएको छ।
भोटिङ जानकारी:
आफ्नो मनपर्ने प्रतियोगीलाई भोट दिनका लागि Aventoz App प्रयोग गर्न सकिनेछ।
Play Store वा App Store मा ‘Aventoz’ एप डाउनलोड गर्न सकिन्छ
एप खोलेर ‘Junior Singing Star’ सेग्मेन्टमा गई आफ्नो मनपर्ने प्रतिस्पर्धीमा भोट दिन सकिनेछ
प्रत्यक्ष प्रसारण:
जुनियर सिङ्गिङ स्टार कार्यक्रम निम्न मिडिया प्लेटफर्महरूबाट हेर्न सकिनेछ:
प्रिज्मा टेलिभिजन
साईराम पिक्चर्स (YouTube)
साउन पार्टनर:
कार्यक्रममा अडियो बगैचा ले साउन्ड टेक्निकल पार्टनरको रूपमा साथ दिएको छ।
ग्रान्ड फिनाले:
मिति: २०७९ साल साउन १७ गते
आर्या मिडियाले नयाँ पुस्ताका लुकेका बाल गायक–गायिकाहरूलाई एक सशक्त मञ्च प्रदान गर्दै आएको यो कार्यक्रमले नेपाली संगीतको उज्ज्वल भविष्य सुनिश्चित गर्न मद्दत पुर्याएको छ।
तपाईंको एक भोटले भविष्यको स्टार निर्माण गर्न सक्छ – आजै Aventoz App बाट भोट दिन नबिर्सनुहोस्!
Leave a Reply
Your email address will not be published. Required fields are marked *



