उपाध्यक्ष रोहित वाग्लेले जन्मदिन मनाउँदै, सामाजिक सेवामा समर्पित भावना दोहोर्याउने प्रतिबद्धता
- नबिन राज खकुरेल
- 27 Jul, 2025
काठमाडौं, साउन ११ – सामाजिक सेवा समूह फाउन्डेसन नेपालका केन्द्रीय कार्यसमिति उपाध्यक्ष रोहित वाग्लेले आज आफ्नो जन्मदिन मनाउँदै सामाजिक सेवाको मार्गमा अझ बढी समर्पित भएर लाग्ने प्रतिबद्धता जनाएका छन्।
विगत लामो समयदेखि सामाजिक परिवर्तन, मानव सेवा र सशक्तिकरणका क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएका वाग्लेले जन्मदिनको अवसरलाई पनि समाजप्रतिको उत्तरदायित्व बोधको रूपमा लिएका छन्।
उनी निकट स्रोतका अनुसार वाग्लेले यस वर्षको जन्मदिन केही अनाथ बालबालिकासँग मनाउने योजना बनाएका छन्। “जन्मदिनलाई रमाइलोको रूपमा मात्र होइन, सेवा र सद्भावको माध्यम बनाउने हाम्रो प्रयास हो,” उनले सामाजिक सञ्जालमार्फत् बताएका छन्।
फाउन्डेसनका अध्यक्ष, सदस्यहरू तथा शुभचिन्तकहरूले वाग्लेलाई जन्मदिनको शुभकामना दिँदै आगामी दिनहरूमा अझै प्रभावकारी र निस्वार्थ सेवाका लागि प्रेरित रहन शुभेच्छा व्यक्त गरेका छन्।
Leave a Reply
Your email address will not be published. Required fields are marked *



