अनित बिष्ट माउ संस्था लायन्स थाहा अध्यक्षमा निर्विरोध चयन
.jpg)
- Nabin Raj Khakurel
- 04 Jun, 2025
थाहा नगरपालिका —
सामाजिक सेवा क्षेत्रमा नौ वर्षदेखि सक्रिय भूमिका निभाउँदै आउनुभएका अनित बिष्ट माउ संस्था लायन्स क्लब अफ थाहा को अध्यक्ष पदमा निर्विरोध चयन हुनुभएको छ। यसअघि उहाँले लियो संस्थापकको अभिभारासहित लियो क्लब अफ थाहा को अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निभाइसक्नुभएको थियो।
लायन्स थाहाको आगामी कार्यकालका लागि अध्यक्षको रुपमा निर्विरोध रुपमा चयन भएपछि अनित बिष्टले संस्थापक अध्यक्ष, सम्पूर्ण पूर्वअध्यक्ष, वर्तमान पदाधिकारी, सदस्यहरू, सल्लाहकारहरू र थाहा नगरपालिकाका उपप्रमुखप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले आफूलाई प्रदान गरिएको अवसरलाई उर्जाशील र सार्थक बनाउन प्रतिबद्ध रहने बताउनुभयो।
“सामाजिक उत्तरदायित्व र सेवा भावनालाई आत्मसात गर्दै यस अवसरलाई समुदायको हितमा उपयोग गर्ने मेरो सम्पूर्ण प्रयास रहनेछ,” उहाँले भन्नुभयो।
सामाजिक, मानवीय र सामुदायिक सेवामा लामो अनुभव बटुल्नुभएका बिष्टको नेतृत्वमा लायन्स थाहाले आगामी दिनहरूमा प्रभावकारी र जनमुखी कार्यक्रमहरू सञ्चालन गर्ने विश्वास व्यक्त गरिएको छ।
Leave a Reply
Your email address will not be published. Required fields are marked *