:
Breaking News

सामाजिक सेवा समूह फाउन्डेसन नेपालको सातौं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

top-news
https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

काठमाडौं, २०८२ जेठ १७ – सामाजिक क्षेत्रमा सक्रिय सामाजिक सेवा समूह फाउन्डेसन नेपालको सातौं वार्षिक साधारण सभा राजधानी काठमाडौंमा भव्य रूपले सम्पन्न भएको छ। संस्थाका सम्पूर्ण पदाधिकारी, प्रतिनिधि तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त सभामा विगत वर्षको समीक्षा, प्रगतिविवरण, र भावी कार्ययोजना प्रस्तुत गरिनुका साथै संस्थागत सुदृढीकरण तथा सेवा विस्तारसम्बन्धी महत्वपूर्ण छलफलहरू भएका थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष, कोषाध्यक्षसहित पदाधिकारीहरूले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सात वर्षको यात्रामा संस्थाले हासिल गरेका उपलब्धिहरू तथा आगामी वर्षका योजनाहरूको बारेमा विस्तृत जानकारी दिएका थिए।
सभामा देशभरबाट आएका सदस्य तथा प्रतिनिधिहरूले आफ्नो क्षेत्रीय अनुभव, समस्या र समाधानका उपायहरू साझा गर्दै सामाजिक सेवाको प्रभावकारिता बढाउने विषयमा रणनीतिक विचारहरू प्रस्तुत गरेका थिए। प्रतिनिधिहरूबीच आपसी समन्वय तथा संगठनात्मक संरचना थप सुदृढ गर्न विभिन्न सुझावहरू समेत प्रस्तुत गरिएका थिए।
संस्थाले विगत सात वर्षदेखि शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, युवा सशक्तीकरण तथा सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ। हालसम्म विभिन्न कार्यक्रमहरू मार्फत हजारौं लाभग्राहीलाई सहयोग पुयाइसकेको संस्था आगामी दिनमा अझ प्रभावकारी, समावेशी र दिगो सामाजिक अभियानहरू सञ्चालन गर्न प्रतिबद्ध रहेको जनाएको छ।

संस्थाको आभार:
कार्यक्रमको समापनमा संस्थाको अध्यक्ष रविनारायण क्षेत्रीले सबै प्रतिनिधि, सहयोगी संस्था, स्वयंसेवक र साझेदारहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै सामाजिक सेवाको यात्रामा आगामी दिनहरूमा पनि यथावत साथ, समर्थन र सक्रिय सहभागिता रहने अपेक्षा राखेकी छिन्।

https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *