:
Breaking News

प्रविन्स मोक्तानको नयाँ गीत "चु होइ ह्याङला लोसार" सार्वजनिक

top-news
https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा चर्चित सेलो गायक तथा संगीतकार प्रविन्स मोक्तानले नयाँ गीत "चु होइ ह्याङला लोसार" सार्वजनिक गर्नुभएको छ। प्रविन्स मोक्तान र पूर्णिमा ब्लोन तामाङको आवाजमा सजिएको यस गीतमा तामाङ संस्कृति, ल्होछार पर्वको उत्साह र मौलिकता झल्काइएको छ।

गीतको शब्द रचना कमल योन्जन तामाङले गर्नुभएको छ भने, संगीत प्रविन्स मोक्तानले दिएका छन्। यस गीतको एरेन्ज सुकुरा डोङले गरेका हुन् भने, मिक्सिङ र मास्टरिङ देव सिंह स्टुडियो र लासो फ्याफुला स्टुडियोमा गरिएको छ।

सेलो संगीतमा विशेष योगदान पुर्‍याउँदै आएका प्रविन्स मोक्तान यसअघि पनि "चिसो चिसो हावा चल्यो हिमालमा" जस्ता चर्चित गीतहरू प्रस्तुत गरिसक्नुभएको छ। आफ्नो मौलिक शैली र उत्कृष्ट संगीत संयोजनका कारण उहाँका गीतहरू तामाङ समुदायमा मात्र नभई सेलो संगीत प्रेमीहरूबीच लोकप्रिय रहेका छन्।

"चु होइ ह्याङला लोसार" गीत अहिले डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ, र यसले श्रोताहरूको मन जित्ने विश्वास गरिएको छ। प्रविन्स मोक्तानको यस नयाँ सिर्जनालाई सम्पूर्ण संगीतप्रेमीले मन पराइदिनुहुने आशा गरिएको छ।

https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *