:
Breaking News

"सामाजिक सेवा समूह फाउन्डेसन नेपालद्वारा 'Say Yes To Valentine' कार्यक्रमको आयोजना"

top-news
https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

काठमाडौं, फागुन २ – सामाजिक सेवा समूह फाउन्डेसन नेपालले प्रेम दिवस (Valentine’s Day) को अवसर पारेर आयोजना गर्दै आएको वार्षिक कार्यक्रम "Say Yes To Valentine" यस वर्ष पनि विशेष रूपमा मनाउने भएको छ।

संस्थाले आफ्नो स्थापना कालदेखि नै समाजमा माया र सद्भाव फैलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्दै आएको छ। विशेष गरी आफन्तबाट टाढा रहेका व्यक्तिहरूसँग माया बाँड्न र उनीहरूलाई खुसी प्रदान गर्नका लागि यो कार्यक्रम गरिएको हो।

यस वर्ष कार्यक्रम काठमाडौं प्यानलद्वारा आयोजना गरिँदैछ, जसअनुसार फागुन २ गते (शुक्रबार) मानवसेवा आश्रम, ललितपुर शाखामा दिउँसोको खाजाको व्यवस्था गरिनेछ। कार्यक्रम बिहान ११:०० बजेपछि सुरु हुनेछ।

सामाजिक सेवा समूह फाउन्डेसन नेपालले सबैलाई यस कार्यक्रममा उपस्थित भई माया बाँड्न र सामाजिक सेवामा योगदान दिन आग्रह गरेको छ।

कार्यक्रम विवरण:

✅ मिति: २०८१ फागुन २ गते, शुक्रबार
✅ समय: बिहान ११:०० बजेपछि
✅ स्थान: मानवसेवा आश्रम, ललितपुर शाखा

सहयोग, सद्भाव र प्रेमको भावना फैलाउने उद्देश्यले आयोजना गरिने यस कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि उपस्थित भई समर्थन गरिदिनुहुन सबैमा विनम्र अनुरोध गरिएको छ।

https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *