:
Breaking News

"जुनियर सिङ्गिङ स्टार" को अन्तिम अडिसन राउन्ड फागुन ३ गते काठमाडौंमा सम्पन्न हुँदै

top-news
https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

काठमाडौं – आर्या इन्टरटेन्मेन्टले आयोजना गरेको "जुनियर सिङ्गिङ स्टार" को अन्तिम अडिसन राउन्ड यही फागुन ३ गते, शनिबार काठमाडौंमा सम्पन्न हुने भएको छ। आयोजकका अनुसार नेपालभर विभिन्न स्थानमा अडिसन राउन्ड सम्पन्न भइसकेको छ, र अब अन्तिम छनोट चरणको अडिसन हिमालयन कलेज, काठमाडौं मा हुनेछ।

"नयाँ आवाजको खोजी" भन्ने नारासहित आयोजना गरिएको यस गायन प्रतियोगिताको निर्णायक मण्डलमा कर्णराज गिरि, डेविड शंकर, सरु गौतम, डीजराज पौडेल जस्ता ख्यातिप्राप्त गायकहरू रहेका छन्। उनीहरूले देशभरिबाट आएका प्रतिभाशाली प्रतियोगीहरूको छनोट गर्नेछन्।

आर्या इन्टरटेन्मेन्टका अध्यक्ष कपिल कार्की का अनुसार प्रतियोगिताको प्रथम पुरस्कार रु. ५ लाख, द्वितीय पुरस्कार रु. २ लाख ५० हजार, र तृतीय पुरस्कार रु. १ लाख रहेको छ।

यस अन्तिम अडिसन राउन्डमा भाग लिन छुटेका इच्छुक प्रतियोगीहरूले मौका पाउने जानकारी मिडिया संयोजक अच्युत ढुंगाना ले दिनुभएको छ। आयोजकहरूका अनुसार देशभरका नवप्रतिभाहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम नेपाली संगीत क्षेत्रमा नयाँ पुस्ताका प्रतिभाहरू उजागर गर्न ठूलो योगदान दिने विश्वास गरिएको छ।

https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *