:
Breaking News

अध्यक्ष पासाङ दोर्जे मोक्तान (विशाल) को जम्बो टोली आज उपत्यका प्रहरी कार्यालय रानीपोखरी पुगे

top-news

काठमाडौँ- वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपालको अध्यक्ष पासाङ दोर्जे मोक्तान (विशाल) को जम्बो टोली आज उपत्यका प्रहरी कार्यालय रानीपोखरी पुगेको छ।
वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपालले विदेशमा अलपत्र परेका चेलीबेटी लाई सकुशल नेपाल उद्धार गर्ने काम गरिरहेको छ। यस संस्थाले आजसम्म सयौं भन्दा बढी चेलीहरूको उद्धार गरिसकेको यस संस्थाको अध्यक्ष विशाल मोक्तानले दिनुभयो। 
महानिरीक्षक टेकबहादुर तामाङ प्रहरी कार्यालय रानीपोखरी काठमाडौँमा उपत्यकाको तीन जिल्लाको सुरक्षा कमान्डर हुनुभएको उपलक्ष्यमा वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपालका अध्यक्ष विशाल मोक्तानको साथमा उहाँहरूको जम्बो टोली आज प्रहरी महानिरीक्षक टेकबहादुर तामाङलाई बधाई र शुभकामना दिनको लागि प्रहरी कार्यालय रानीपोखरी काठमाडौँमा पुग्नु भएको थियो। महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङ र वैदेशिक रोजगार श्रमिक संघ नेपालका अध्यक्ष विशाल मोक्तान बीच शान्ति सुरक्षा र वैदेशिक रोजगारमा जाने श्रमिकहरूको व्यवस्थापन बारे पनि छलफल भएको जानकारी दिनुभयो।

https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *