:
Breaking News

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न,काभ्रे जिल्लाबाट आदिवासी जनजातितर्फ ज्ञानेन्द्र श्रेष्ठ २८४ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित

top-news
https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

काठमाडौं, माघ २९ – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशन यही २०८१ माघ २७ गतेदेखि २९ गतेसम्म काठमाडौंको प्रज्ञा भवन, कमलादीमा सम्पन्न भएको छ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्दै कार्यसमितिको गठन गरेको छ।

महाधिवेशनबाट बाबुराम भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको छ। उपाध्यक्ष पदमा खस आर्यबाट ईश्वर रिजाल, आदिवासी जनजातिबाट टंकबहादुर बाठा मगर, दलितबाट दुर्गा सोब, महिलाबाट मानुषी यमी भट्टराई, र मधेसबाट उमेश शाह चयन हुनुभएको छ।

त्यसैगरी, महासचिव पदमा खुला तर्फ सोनाम सिंह स्याङताङ चयन हुनुभएको छ। सचिव पदमा खुलातर्फ लक्ष्मण कार्की र भरतराज दाहाल चयन भएका छन् भने महिलातर्फ आशा कुमारी तामाङ निर्वाचित हुनुभएको छ। कोषाध्यक्षको जिम्मेवारी हरि रिजाललाई दिइएको छ।

यस महाधिवेशनमा काभ्रे जिल्लाबाट आदिवासी जनजातितर्फ ज्ञानेन्द्र श्रेष्ठ २८४ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। उहाँलाई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय सदस्यका रूपमा चयन भएकोमा हार्दिक बधाई दिइएको छ।

महाधिवेशनले पार्टीलाई अझ संगठित बनाउने, समाजवादी विचारधारालाई सशक्त बनाउने, र आगामी दिनमा प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाएको छ।

https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *