:
Breaking News

भक्तपुरको आदर्श वस स्टपदेखि माथि जानका लागि शनिबारदेखि अटोमोवाइल्स सञ्चालनमा

top-news
https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

भक्तपुर  अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श वस स्टपदेखि माथि जानका लागि शनिबारदेखि अटोमोवाइल्स सञ्चालनमा ल्याइएको  जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं  सिपाडोलका वडा अध्यक्ष पुष्पराज वस्नेतले एक समारोहवीच उदघाटन गरे 
साइनो अटोमोबाइल्स प्रालि बनेपा काभ्रेले अटोमोवाइल्स सञ्चालनमा ल्याएको हो  अटोमोवाइल्सको भक्तपुर जिल्लाका शाखा प्रबन्धक संगमलामाका अनुसार अटोमोवाइल्स आदर्श  सूर्यविनायकबाट गरी दुई ठाउँबाट सञ्चालन सुरु भएको हो  दुवै ठाउँबाट पाँचपाँच वटा गरी जम्मा दस वटाअटोमोवाइल्सहरु सञ्चालनमा आएको उनले बताए  दुई वटा रुटमा अटोमोवाइल्स सञ्चालनमा आउने उनले बताए  एउटा रुट आदर्शदेखि सिपाडोलवडा कार्यालय हुँदै दोरलागसम्म जाने उनले बताए  अर्को रुट सूर्यविनायकदेखि गणेशस्थान हुँदै घ्याम्पेडाँडाआशापुरी पुग्ने उनले बताए 
उनका अनुसार अटोमोवाइल्स विहान पाँच वजेदेखि साँझ सात बजेसम्म सञ्चालन गरिनेछ  यसले विहान टाढाटाढाबाट भक्तपुर नगरपालिका क्षेत्रकाकलेजहरुमा पढ्न आउने विद्यार्थीलाई विशेष सुविधा मिल्ने विश्वास गरिएको  
उदघाटन कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं  सिपाडोलका वडा अध्यक्ष पुष्पराज वस्नेतले  महिनादेखिको निरन्तरको प्रयासलेअटोमोवाइल्स सञ्चालन गर्न सफल भएको बताए  यसले वडाबासीहरुलाई ठूलो राहत मिलेको उनको विश्वास   यसअघि पाँचदेखि १०किलोमिटरको दुरीको वडाबासी भक्तपुर नगरपालिका क्षेत्र आउन पैदल नै हिडनुपर्ने बाध्यता थियो  साथै अपर्झत जानुपर्नेलाई पनि ट्याक्सीमा एकहजार वढी रुपैयाँ दिएर जानुपर्ने बाध्यता थियो  अहिले रुट अनुसार अटोमोवाइल्समा जाने यात्रुहरुका लागि सूर्यविनायक नगरपालिकासँगको सहमतिमासस्तोमा भाडादर कायम गरिएको जान्कारी अटोमोवाइल्सको प्रबन्धक निर्देशक प्रल्हाद दाहालले दिनुभयो। 

https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *