:
Breaking News

जडीबुटी मनोहर लोकन्थली कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव–२०८२ मा चर्चित कलाकारहरूको उपस्थितिमा विशेष कार्यक्रम हुने

top-news

भक्तपुर, असार १३ – जडीबुटी मनोहर लोकन्थलीमा आयोजना भइरहेको कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव–२०८२ मा नेपालका चर्चित कलाकारहरूको सहभागिता रहने भएको छ। महोत्सव असार १३ गतेदेखि २९ गतेसम्म जडीबुटी सिद्धार्थ पेट्रोल पम्प पछाडि, भक्तपुरमा सञ्चालन  भइरहेको छ।

महोत्सवको विशेष आकर्षणको रूपमा असार २७ गते लोकप्रिय गायिका ज्योति मगरको विशेष प्रस्तुति रहने जानकारी दिइएको छ। साथै, महोत्सवमा भोजपुरी गायिका सोनु कुस्मी, गायक राजेन्द्र गिरी (गुन्दुके), प्रताप हुमागाईं ‘झुले’, मनोज गोखाली, गीता गिरी र उदयोजक इन्द्र विन्दास सहितका कलाकारहरूको धमाकेदार प्रस्तुति रहनेछ।

यस महोत्सवको व्यवस्थापन लालीगुराँस क्रिएशन मिडिया नेपालले गरिरहेको छ भने मेला संयोजक तथा उपाध्यक्ष आदरणीय रोशन श्रेष्ठज्यू ले महोत्सवबारे जानकारी दिनुभएको छ।

विशेष सहयोगमा मनोहर नगर समाज, मध्यपुर थिमि न.पा.–१ रहेको यस महोत्सवमा दर्शकले रु. १०० तिरेर प्रवेश पाउनेछन्।

आयोजक औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले कृषिमा आधारित संस्कृति, व्यापार र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको जनाएको छ।

https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *