जडीबुटी मनोहर लोकन्थली कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव–२०८२ को सभ्य र भव्य रूपमा उद्घाटन सम्पन्न
- नबिन राज खकुरेल
- 27 Jun, 2025
मध्यपुर थिमी, असार १३।
मध्यपुर थिमी नगरपालिका–१, जडीबुटी सिद्दार्थ पेट्रोल पम्प पछाडिको खुला मैदानमा आयोजित “जडीबुटी मनोहर लोकन्थली कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव–२०८२” को उद्घाटन समारोह आज एक सभ्य र भव्य वातावरणमा सम्पन्न भएको छ।
विशेष आतिथ्य, सांस्कृतिक परम्परागत स्वागत, आकर्षक झाँकी तथा राष्ट्रिय झण्डा फहराइरसहित सुरु गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, स्थानिय समुदायका अगुवा, उद्योगी–व्यवसायी, कलाकार तथा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन समारोहको प्रमुख आकर्षणहरूमा:
स्थानिय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति
संस्कृति झल्किने स्वागत नृत्य
अतिथिहरूको मन्तव्यमा कृषि, व्यापार र पर्यटनको महत्त्वमाथि जोड
युवापुस्तालाई सृजनशील बनाउने प्रेरणादायी सन्देशहरू
कार्यक्रमको औपचारिक उद्घाटन गर्दै प्रमुख अतिथिले यस्तो किसिमको महोत्सवले स्थानिय उत्पादन, परम्परा र पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे। साथै, आयोजक संस्थाहरूलाई सफल व्यवस्थापनका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ व्यापक र प्रभावकारी कार्यक्रमको अपेक्षा पनि राखिएको थियो।
महोत्सवमा करिब दुई हप्तासम्म कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगका उत्पादनहरू, सांस्कृतिक प्रस्तुति, बालमैत्री मनोरञ्जन, र विभिन्न व्यापारिक स्टलहरू सञ्चालनमा रहने
लालीगुराँस क्रिएसन मिडिया नेपालका अध्यक्षले जानकारी दिनुभएको छ।
कार्यक्रमको व्यवस्थापन लालीगुराँस क्रिएशन मिडिया नेपालले गरेको हो भने आयोजक औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपाल रहेको छ।
Leave a Reply
Your email address will not be published. Required fields are marked *



