जडीबुटी मनोहर लोकन्थली कृषि सांस्कृतिक तथा व्यापार महोत्सव 2082 भव्य रूपमा हुँदै
- नबिन राज खकुरेल
- 24 Jun, 2025
मध्यपुर थिमी नगरपालिका–१ स्थित जडीबुटी, सिद्दार्थ पेट्रोल पम्प पछाडिको खुला मैदानमा यहि 2082 असार 13 गतेदेखि असार 26 गतेसम्म “जडीबुटी मनोहर लोकन्थली कृषि सांस्कृतिक तथा व्यापार महोत्सव–2082” भव्य रूपमा आयोजना हुने भएको छ।
"पर्यटन, कृषि र प्राकृतिक सौन्दर्यले भरिएको समृद्ध सांस्कृतिक सम्पदा मध्यपुर नगर" भन्ने नाराका साथ आयोजना हुने यस महोत्सवमा कृषि, संस्कृति, व्यापार र मनोरञ्जनको अनुपम संगम देख्न पाइनेछ।
महोत्सवमा लोक तथा दोहोरी गीत, आधुनिक गीत, नृत्य, हास्यव्यङ्ग्य, सांस्कृतिक कार्यक्रम लगायत विविध प्रस्तुति रहनेछन्। कार्यक्रममा नेपालका चर्चित कलाकारहरू: ज्योति मगर, रमेशराज भट्टराई, समीक्षा अधिकारी, उर्गेन दोङ, मिस्टर डी, सहीमा श्रेष्ठ, रोज् मोक्तान, रबि रिमाल, नविना सिलवाल (खुइली), कर्णराज गिरी,सरोज लामिछाने, विनय काकी, सागर थापा, नमराज ढुंगाना, सोनु कुस्मी, डिलराज पौडेल लगायत दर्जनौँ कलाकारहरूले आफ्नो प्रस्तुति दिने जानकारी लालीगुराँस क्रिएसन मिडिया नेपालका अध्यक्ष बिन्दास इन्द्रज्यूले दिनुभयो।
विशेष सहयोगमा रहेको मनोहर नगर समाज, मध्यपुर थिमी न.पा.–१ तथा आयोजक औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपाल र व्यवस्थापक लालीगुराँस क्रिएशन मिडिया नेपाल रहेको छ।
साँस्कृतिक विविधता, कृषि उत्पाद, व्यापारिक प्रदर्शनी र मनोरञ्जनको समावेशी कार्यक्रमले भरिएको यो महोत्सव सम्पूर्ण दर्शक तथा सर्वसाधारणका लागि अविस्मरणीय बन्ने आयोजकले विश्वास लिएका छन्।
Leave a Reply
Your email address will not be published. Required fields are marked *



