कागेश्वरी मनोहरा मूलपानी महोत्सव २०८२ मा डबल धमाका: सांगीतिक प्रस्तुति र जन्मदिनको सरप्राइज
- नबिन राज खकुरेल
- 14 Jun, 2025
कागेश्वरी मनोहरा– मूलपानी महोत्सव २०८२ आज विशेष उल्लास र उत्साहका साथ सम्पन्न भयो। महोत्सवमा आज डबल धमाका देख्न पाइयो, जहाँ एकातिर चर्चित कलाकारहरूको धमाकेदार प्रस्तुति रह्यो भने अर्कोतर्फ सञ्चारकर्मी तथा आर्य मिडिया प्रालीका सञ्चालक कपिल कार्कीको जन्मदिनको अनपेक्षित सरप्राइज पनि कार्यक्रमको विशेष आकर्षण बन्यो।
साँझको कार्यक्रमलाई झनै रोचक बनाउने क्रममा चर्चित गायिका ज्योति मगर, गायक रमेशराज भट्टराई र नमराज ढुङ्गाना लगायत कलाकारहरूले गीत-संगीतको माध्यमबाट दर्शकलाई नचाए। स्टेज आसपास ठूलो संख्यामा दर्शकको उपस्थिति देखिएको थियो।
कार्यक्रमको दौरानमा अचानक आर्या मिडिया प्रालीका सञ्चालक कपिल कार्कीलाई स्टेजमा बोलाएर केक काट्ने आयोजना गरेपछि उनी एकछिन अचम्मित र भावुक बने। जन्मदिनको यस्तो भव्य सरप्राइजको कल्पना नगरेका कार्कीले सबैलाई धन्यवाद दिँदै भने, "यसरी माया र सम्मान पाउँदा जीवनको एक अविस्मरणीय क्षण बनेको छ।
Leave a Reply
Your email address will not be published. Required fields are marked *



