तार्केश्वर कृषि पर्यटन व्यापार सांस्कृतिक महोत्सव २०८२ भव्य रुपमा उद्घाटन
.jpeg)
- Nabin Raj Khakurel
- 08 Jun, 2025
तार्केश्वर, काठमाडौं – जेष्ठ २३, २०८२ तार्केश्वर नगरपालिकामा 'तार्केश्वर कृषि पर्यटन व्यापार सांस्कृतिक महोत्सव २०८२' को भव्य रुपमा उद्घाटन गरिएको छ। "पर्यटन, कृषि र प्राकृतिक सौन्दर्यको शहर, समृद्ध सांस्कृतिक सम्पदा तार्केश्वर नगर" भन्ने नारासहित सुरु गरिएको महोत्सव जेष्ठ २३ गतेदेखि असार ७ गतेसम्म चल्नेछ।
तार्केश्वर ६, जरङ्खु चोक नजिकैको नथ थ्याली स्कुलको पछाडिको मैदानमा आयोजना गरिएको महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रविधि, हस्तकला, तथा विभिन्न व्यापारिक तथा सांस्कृतिक प्रदर्शनीहरू समावेश गरिएका छन्।
महोत्सवको विशेष आकर्षणका रूपमा जेठ २५ गते प्रख्यात राष्ट्रिय कलाकारहरूको प्रस्तुति राखिएको छ। जसमा चर्चित गायिका निस्सा लामा, गायक विजय घाइबा, गायक तथा उद्घोषक विनोद लामा, साथै चर्चित जिविका डान्स ग्रुपले मनोरञ्जनात्मक प्रस्तुति दिनेछन्। साथै, स्थानीय कलाकारहरूको विशेष प्रस्तुति पनि रहनेछ।
महोत्सवको आयोजना धुमाचुँ: युवा क्लबले गरेको हो भने व्यवस्थापनको जिम्मेवारी औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले लिएको छ। कार्यक्रमका मिडिया पार्टनरमा अन्जान खबर र लालीगुराश मिडिया खबर रहेका छन्।
सांस्कृतिक, पर्यटन, र कृषि क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको यो महोत्सवले तार्केश्वरको समग्र विकासमा टेवा पुर्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
Leave a Reply
Your email address will not be published. Required fields are marked *