कागेश्वरी मनोहरा (मुलपानी) महोत्सव–२०८१: संस्कृति, संगीत र व्यापारको संगम

- Nabin Raj Khakurel
- 27 May, 2025
काठमाडौँ — कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ स्थित मुलपानी पिपलबोट बोडे जाने बाटो पेट्रोलपम्प नजिकै मुलपानी महोत्सव–२०८१ को आयोजना हुँदैछ। २०८२ साल जेठ १६ गते बाट सुरु हुने महोत्सव असार १ गतेसम्म चल्नेछ। प्रवेश निःशुल्क रहेको यो कार्यक्रमले स्थानीयवासीसहित सम्पूर्ण काठमाडौँ उपत्यकाका दर्शक तथा आगन्तुकलाई लक्षित गरिएको छ।
सांगीतिक आकाशका तारा एउटै मञ्चमा
महोत्सवमा नेपालका चर्चित कलाकारहरूको सहभागिता रहनेछ। कार्यक्रममा प्रस्तुत हुने कलाकारहरूमध्ये केही नाम यसप्रकार छन्: रचना रिमाल, ज्योति मगर, एलिना चौहान, उर्गेन दोङ, रवि रिमाल, सरु गौतम, कर्णराज गिरी, विश्वराम कार्की, डेविड शंकर लगायत चर्चित अनुहारहरूको प्रस्तुति रहनेछ।
यिनै कलाकारहरूले नेपाली लोक, दोहोरी, आधुनिक, पप र नृत्यात्मक गीतमार्फत दर्शकहरूलाई भरपूर मनोरञ्जन दिनेछन्।
स्थानिय व्यवसाय, हस्तकला र खानाको प्रदर्शनी
महोत्सवमा स्थानीय व्यवसायीहरूले उत्पादन गरेका वस्तुहरू, हस्तकलाका सामानहरू, कृषि उत्पादन, कपडा, सजावटी सामग्री, किताब, खेलौना तथा परिकारहरू बिक्रीका लागि राखिनेछन्। यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
परिवारसहित रमाउन मिल्ने वातावरण
बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि रमाइलो गर्ने विभिन्न खेलकुद गतिविधि, रोटेपिङ, झुला, नाउँ, बच्चाहरुले खेल्ने सम्पूर्ण खेल सामग्री तथा सांस्कृतिक कार्यक्रम राखिनेछ। यसले महोत्सवलाई पारिवारिक तथा सामुदायिक मेलामा परिणत गर्नेछ।
आयोजक तथा सहकार्य
मुख्य आयोजक: आर्या मिडिया प्रा.लि.
व्यवस्थापन: संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि.
विशेष सहकार्य: अमर सिंह युवा क्लब, पिपलबोट युवा क्लव
महोत्सव आयोजक अर्या मिडियाको प्रोप्राइटर कपिल कार्कीको अनुसार यस प्रकारको आयोजनाले स्थानीय समुदायको कला, संस्कृति, पर्यटन तथा आर्थिक क्रियाकलापलाई नयाँ ऊर्जा दिनेछ। साथै, यसले मुलपानी क्षेत्रलाई काठमाडौँको प्रमुख सांस्कृतिक गन्तव्यको रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।
Leave a Reply
Your email address will not be published. Required fields are marked *