:
Breaking News

कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव–२०८२ काठमाडौंको सितापाइलामा भव्य रूपमा आयोजना हुँदै

top-news
https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

काठमाडौं, जेठ १२ – नागार्जुन नगरपालिका–६, डाँडापोखा, सितापाइलामा यहि जेठ १२ गतेदेखि २५ गतेसम्म "कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव–२०८२" आयोजना हुँदैछ। “ स्वच्छ सम्पन्न प हरभरा नागार्जुन नगरपालिका, कृषि, पर्यटन, प्रवर्द्धन र संस्कृति संरक्षण गर्ने हाम्रै अभिभारा” भन्ने नाराका साथ सुरु भएको यस महोत्सवले कृषि, पर्यटन, संस्कृति र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
कार्यक्रममा नेपालको सांगीतिक क्षेत्रका चर्चित तथा लोकप्रिय कलाकारहरूको उल्लेखनीय उपस्थिति रहनेछ। महोत्सवमा सुगम पोखरेल, प्रमोद खरेल, रजिना रिमाल, दुर्गेश थापा, सरु गौतम, सानु केसी, नमराज ढुङ्गाना, ज्योति मगर, सबिना दाहाल, रमेश प्रसाई, रचना रिमाल, सुवास महत, दिनेश थापा, एलिना चौहान, स्मृति गौतम जस्ता प्रसिद्ध गायक-गायिकाले सांगीतिक प्रस्तुति दिनेछन्।
कार्यक्रम सञ्चालनको जिम्मेवारी चन्द्रमणि गौतम, सुवास महत, ईन्द्र विन्दश, सनम सुवाल र रमेश श्रेष्ठ ‘मैलोडी’ ले लिनेछन्।
महोत्सवको प्रमुख उद्देश्य कृषि उत्पादन, स्थानीय व्यवसाय र पर्यटन प्रवर्द्धन गर्नुका साथै नेपाली सांस्कृतिक सम्पदालाई संरक्षण गर्ने रहेको छ। विभिन्न कृषि स्टलहरू, हस्तकला प्रदर्शनी, खाना महोत्सव, र बालबालिकाका लागि मनोरञ्जनात्मक कार्यक्रमहरू पनि महोत्सवको विशेष आकर्षण हुनेछन्।
राष्ट्रिय लोक संस्कृतिक प्रतिष्ठान नेपाल काठमाडौँ ले गरिरहेको यस महोत्सवमा नागार्जुन नगरपालिकाको कार्यालय, वडा नं. ६/५ कार्यालयको विशेष सहयोग रहेको छ। कार्यक्रमलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान काठमाडौं जिल्ला कार्य समिति ले सहआयोजकको रूपमा समर्थन गरेको छ। नागर्जुन नगरपालिका, नागर्जुन नगरपालिका वडा नम्बर ५ र श्री जन उद्धार माध्यमिक विद्यालय सहयोगीको रूपमा रहेको छ।
मिडिया पार्टनरको रूपमा राजधानी राष्ट्रिय दैनिक, राजधनी टेलिभिजन, अन्जान खबर, LMK मिडिया नेटवर्क को सहकार्यमा कार्यक्रम सञ्चालित हुनेछ।
अहिलेसम्म धेरै मेला महोत्सव अनि कन्सर्टहरुमा उत्कृष्ट साउन्ड दिन सफल अडियो बगैंचा यस महोत्सवको साउन्ड पार्टनरको रुपमा रहेको छ।
स्थानीयस्तरमा उत्पादन र संस्कृति विकासमा टेवा पुर्याउने यस्ता कार्यक्रमहरूलाई सबैको साथ र सहयोग रहने आयोजकले अपेक्षा गरेका छन्।

https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *