:
Breaking News

*नमराज ढुंगाना प्रस्तुत: नयाँ नेपाली गीत ‘साईली’ सार्वजनिक*

top-news
https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

काठमाण्डौ – नेपाली लोकसंगीतप्रेमीका लागि खुसीको खबर! गायक तथा संगीतकार नमराज ढुंगानाको नयाँ लोकगीत *‘साईली’* सार्वजनिक गरिएको छ। यो गीतमा नमराज ढुंगाना स्वयं र पार्वती कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ।

गीतमा *किरण गौतमको शब्द* रहेको छ भने *संगीत नवराज ढुंगानाले* नै तयार पारेका हुन्। *बिष्णु तामाङले संगीत संयोजन, **कुमार सानु पुनले मिक्सिङ तथा मास्टरिङ* गरेका छन्। रेकर्डिङ *शंकरा डिजिटल स्टुडियोमा गरिएको हो भने सम्पूर्ण अडियो तथा भिडियो ‘नमराज ढुंगाना अफिसियल*’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

भिडियो पक्षमा पनि गीत उत्तिकै आकर्षक छ। *सञ्जिव ठकुरीको निर्देशनमा तयार पारिएको भिडियोमा **सञ्जिव ठकुरी, सिमरन दुलाल (कुसुम), सुरज नेपाल र पुष्पा परियारको अभिनय देख्न सकिन्छ। **सन्तोष तिमल्सिनाले छायांकन, **कल्पेश विश्वकर्माले सम्पादन, र **सुहानाले मेकअपको जिम्मेवारी सम्हालेका छन्। भिडियोलाई **NS Music Pvt. Ltd.* ले पोस्ट प्रोडक्सन गरेको हो।

गीत "साईली" मा ग्रामीण जीवनशैली र प्रेमभाव व्यक्त गरिएको छ, जसले श्रोताको मन छुने अपेक्षा गरिएको छ।

https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *