:
Breaking News

चन्द्रगिरीमा भव्य सांस्कृतिक तथा व्यापार महोत्सव २०८१ आयोजन हुँदै

top-news
https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

काठमाडौं, चैत १ – नेपाली मौलिक लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपाल को मुख्य आयोजना र संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा. लि. को सह-आयोजनामा सांस्कृतिक तथा व्यापार महोत्सव २०८१ आयोजना हुने भएको छ।

चन्द्रगिरी नगरपालिका–१५, ढुङ्गेअड्डा बल्खु खोला कोरिडोरमा चैत १ गतेदेखि चैत १६ गतेसम्म सञ्चालन हुने यस मेलामा नेपालका चर्चित कलाकारहरू दुर्गेश थापा, मिस्टर डी, ज्योति मगर, प्रीति पासवान, रचना रिमाल, एलिना चौहान, सुगम पोखरेल, विश्वराम कार्की लगायत सयौं कलाकारहरूको दमदार प्रस्तुति रहनेछ। कलाकार संयोजक सुवास महत का अनुसार मेलामा विविध सांगीतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछ।

बालबालिकाका लागि मनोरञ्जनको विशेष व्यवस्था गरिँदै झोलुङ्गे पुल, झुला, ड्रागन, मिक्की माउस जस्ता खेल सामग्रीहरू राखिएको छ। साथै, मेलामा घरेलु सामग्री, लत्ताकपडा, जुत्ता, भाँडाकुँडा, खेलौना जस्ता विभिन्न सामानका सयौं स्टलहरू रहनेछन्। व्यवस्थापक टिमका अरविन जयसवाल का अनुसार मेलामा आएका आगन्तुकहरूले आफ्नो रोजाइका सामग्री सहज रूपमा खरिद गर्न सक्नेछन्।

राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष नवराज ढुङ्गाना का अनुसार यो मेला भव्य र सभ्य रूपमा सफल पार्न सम्पूर्ण नेपालीहरूको साथ र समर्थन आवश्यक रहेको छ। उनले चन्द्रगिरीबासीसहित काठमाडौं, भक्तपुर, ललितपुर तथा अन्य स्थानका सम्पूर्ण देशवासीहरूलाई मेलामा सहभागी भई अवलोकन गर्न अनुरोध गरेका छन्।

यस भव्य महोत्सवमा सहभागिता जनाइ नेपाली लोकसंस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याऔं!

https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *