:
Breaking News

चुनिखेल सांस्कृतिक तथा व्यापार महोत्सव २०८१ आयोजना हुने

top-news
https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

काठमाडौं । संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि.को आयोजनामा "चुनिखेल सांस्कृतिक तथा व्यापार महोत्सव २०८१" यही फागुन ७ गतेदेखि २२ गतेसम्म भव्य रूपमा सञ्चालन हुन गइरहेको छ।

यस महोत्सवमा नेपाली कला, संस्कृति, व्यापार र मनोरञ्जनको संगम रहने व्यवस्थापक टिमको अध्यक्ष श्री दीपक दाहालले जानकारी दिनुभएको छ। महोत्सवमा लोकगीत, आधुनिक गीत, नृत्य तथा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ भने व्यापारिक स्टलमार्फत स्थानीय उत्पादन तथा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको भन्दै व्यवस्थापक टिमकै सिताराम दाहालले जानकारी दिनुभएको छ।

आयोजक समितिले सम्पूर्ण इष्टमित्र, आफन्तजन तथा नेपाली गीत-संगीतप्रेमीहरूलाई महोत्सवमा उपस्थित भई सफल बनाउन विशेष आग्रह गरेका छन्।

"अवलोकन गरौँ, सफल पारौँ!"

https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *