रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत सार्वजनिक, संगीतप्रेमीहरूमा उत्साह

- Nabin Raj Khakurel
- 31 Jan, 2025
काठमाडौं – नेपाली संगीत क्षेत्रमा एकपछि अर्को उत्कृष्ट सिर्जना सार्वजनिक भइरहेका छन्। यसै क्रममा, रमेश श्रेष्ठ मेलोडी र एन्जिला रेग्मीको आवाजमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
उक्त गीतको म्युजिक भिडियोमा युसाना केसी, रिना माझी, सिबु जी & Dance Crew को आकर्षक अभिनय रहेको छ। भिडियोको निर्देशन सुमन तामाङले गरेका छन् भने छायांकनको जिम्मा नविन तोलाङ्गी (सुजन) र सौगात श्रेष्ठले लिएका छन्। भिडियोको सम्पादन कल्पेश विश्वकर्माले गरेका छन् भने रोजिना श्रेष्ठले मेकअपको भूमिका निर्वाह गरेकी छिन्।
यो गीतको म्युजिक भिडियोलाई रमेश श्रेष्ठ मेलोडीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतको संगीत, भिडियो निर्देशन, अभिनय र सम्पादन सबै पक्षमा उत्कृष्ट रहेको प्रतिक्रिया दर्शकले दिइरहेका छन्।
संगीतप्रेमीहरूका लागि यो गीतले नयाँ अनुभूति दिने विश्वास गरिएको छ। नयाँ गीतका लागि दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् भने गीतको लोकप्रियता दिनानुदिन बढ्ने अपेक्षा गरिएको छ।
Leave a Reply
Your email address will not be published. Required fields are marked *