बहुचर्चित र्यापर मिस्टर डी, भोजपुरी गायक सुनिल पण्डित र साथमा गायिका बिन्दु परियारको विशेष प्रस्तुति हुने

- Nabin Raj Khakurel
- 14 Jan, 2025
मौवादेवी युवा क्लब जितपुरसिमरा-१८ बडहर्वाको आयोजना,लालीगुरास क्रिएसन मिडिया नेपालको व्यवस्थापन र जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर-१८ को विशेष सहयोगमा "मौवादेवी खेलमैदान" जितपुर सिमरा उपनगरपालिका-१८ मा हुन गइरहेको प्रथम बडहर्वा मौवादेवी कृषि सांस्कृतिक तथा पर्यटन व्यापार महोत्सव २०८१ हुन गइरहेको छ।
"पर्यटन कृषि र प्राकृतिक सौन्दर्यको सहर, समृद्ध सांस्कृतिक बडहर्वा नगर" भन्ने मूलनारा को साथ यही मिति २०८१ पौष २५ गतेदेखि माघ ७ गतेसम्म हुन गइरहेको "प्रथम जितपुर सिमरा मौवादेवी कृषि सांस्कृतिक तथा पर्यटन व्यापार महोत्सव २०८१"मा माघ १ गतेको विशेष मागी चाडको उपलक्ष्यमा मागी चाड विशेष गर्नको लागि बहुचर्चित र्यापर मिस्टर डी, भोजपुरी गायक सुनिल पण्डित र साथमा गायिका बिन्दु परियारको विशेष प्रस्तुति हुने यस मेला महोत्सवको व्यवस्थापक समितिका बुद्धि श्रेष्ठ ज्यूले जानकारी दिनुभएको छ।
महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम हुने भएकोले यस बारा जिल्ला बडरवा वरिपरि रहनुभएको सम्पूर्ण दिदीबहिनी दाजुभाइ आमाबुवा लाई यसबेलामा अवलोकन गर्न आई भरपुर मनोरञ्जनको साथमा आफ्नो मनपर्ने कलाकारलाई आफ्नै अगाडि देख्न सक्ने र सँगै फोटो खिच्ने मौकाको फाइदा उठाउनुहोला।
Leave a Reply
Your email address will not be published. Required fields are marked *