:
Breaking News

प्रथम बडहर्वा मौवादेवी कृषि सांस्कृतिक तथा पर्यटन व्यापार महोत्सव २०८१

top-news
https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

मौवादेवी युवा क्लब जितपुरसिमरा-१८ बडहर्वाको आयोजना,लालीगुरास क्रिएसन मिडिया नेपालको व्यवस्थापन र जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर-१८ को विशेष सहयोगमा "मौवादेवी खेलमैदान" जितपुर सिमरा उपनगरपालिका-१८मा “प्रथम बडहर्वा मौवादेवी कृषि सांस्कृतिक तथा पर्यटन व्यापार महोत्सव २०८१” हुन गइरहेको छ। 
"पर्यटन कृषि र प्राकृतिक सौन्दर्यको सहर, समृद्ध सांस्कृतिक बडहर्वा नगर" भन्ने मूलनारा को साथ यही मिति २०८१ पौष २५ गतेदेखि माघ ७ गतेसम्म हुन गइरहेको "प्रथम जितपुर सिमरा मौवादेवी कृषि सांस्कृतिक तथा पर्यटन व्यापार महोत्सव २०८१" को आज उद्घाटन भएको व्यवस्थापक लालीगुराँस क्रिएसन मिडिया नेपालका अध्यक्ष बिन्दास इन्द्रले जानकारी दिनुभयो। 
महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्रीहरू विभिन्न प्रकारका लत्ता कपडाहरु, खाद्यान्न, अटोमोबाइल, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामग्रीहरू, कृषि औजारका सामग्रीहरूको प्रदर्शन, विज्ञान प्रविधिको प्रदर्शन, विभिन्न समुदायका खानाका प्रदर्शन, साथै २०० भन्दा बढी राष्ट्रिय अन्तर्राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति, एसियाकै उत्कृष्ट बाल उद्यान, ऐतिहासिक पर्यटनहरूको फोटो तथा भिडियो प्रदर्शन, मनोरञ्जनका लागि महोत्सवमा बाल उद्दान, रोटेपिङ, ड्रागन, मिनी बन्जी जम्प, मिक्की माउस, टेम्पालिङ, स्कर्पियो आदि रहने नारायण राजथलाज्यूले जानकारी गराउनुभएको छ।

https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *