श्री अष्टलक्ष्मी साधना तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मैतीदेवी मन्दिर प्राङ्गणमा सुरु हुदै
- नबिन राज खकुरेल
- 22 Jul, 2025
काठमाडौं, आषाढ २२ — भक्तजनहरूको आध्यात्मिक उत्थान र सांस्कृतिक संरक्षणको उद्देश्यले श्री अष्टलक्ष्मी साधना तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८२ साल श्रावण १७ गतेदेखि २७ गतेसम्म मैतीदेवी मन्दिर परिसर, काठमाडौंमा आयोजना गरिने भएको छ।
वृन्दावन धाममा अध्ययन गरी ज्योतिषशास्त्रमा आचार्य उपाधि प्राप्त गर्नुभएको अलौकिक प्रतिभाका धनी तन्त्रशास्त्र र ज्योतिष मार्फत हजारौं व्यक्तिको जीवनमा उज्यालो ल्याउन सफल नेपाल ज्योतिष परिषद्द् द्वारा ज्योतिष भास्कर पदले विभूषित परम पुजनीय गुरु श्री किशोर कुमार नेपालज्यूको मुखारविन्दबाट अमृतमय वाणी स्वयं माता सरस्वतीको अनुग्रह झल्किने गरी कथावाचन हुनेछ।
कार्यक्रमको उद्घाटन श्रावण १७ गते शनिबार बिधान अनुसार व्रत बसी श्री अष्टलक्ष्मी महायज्ञको संकल्प एवं कलश यात्रा मार्फत सम्पन्न गरिने भएको छ। महायज्ञको संयोजन औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले गरेको हो।
दैनिक रुपमा बिहान र बेलुका श्रीमद्भागवत कथा वाचन, अष्टलक्ष्मी साधना, हवन, भक्तजन प्रवचन, भजन तथा विभिन्न धार्मिक अनुष्ठानहरू भव्य रूपमा सञ्चालन गरिनेछ। श्रावण २३ गते श्रीकृष्ण जन्मोत्सव विशेष रूपमा मनाइनेछ भने श्रावण २४ गते शनिबार भव्य शिवपूजा, रुद्राभिषेक एवं समापन समारोह सम्पन्न हुनेछ।
महायज्ञको समापनमा भव्य अन्नदान, भक्तजनलाई प्रसाद वितरण, रक्तदान, शान्ति कवच वितरण, १०८ जना वृद्धवृद्धालाई भोजन सेवा तथा लावारिस जनावरका लागि चारा वितरण जस्ता समाजसेवी कार्यक्रम समेत समावेश गरिएको आयोजक संस्था औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले जनाएको छ।
स्थान: मैतीदेवी मन्दिर परिसर, काठमाडौं
मिति: २०८२ श्रावण १७ देखि २७ गतेसम्म
आयोजक: औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपाल
संपर्क: 9841514444 / 9808664255
उक्त सप्ताह ज्ञान महायज्ञमा सबै श्रद्धालु, भक्तजन तथा धर्मप्रेमीलाई उपस्थित भई पुण्य लाभ प्राप्त गर्न आयोजकले अनुरोध गरेको छ।
Leave a Reply
Your email address will not be published. Required fields are marked *



