:
Breaking News

साहसी युवा क्लबद्वारा सञ्चालित "भरत सुनुवार बचाउ अभियान" मा वरिष्ठ पत्रकार ऋषि धमलाको समर्थन

top-news
https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

काठमाडौं – २०८२ जेठ २५

साहसी युवा क्लबद्वारा सञ्चालित "भरत सुनुवार बचाउ अभियान" मा वरिष्ठ पत्रकार ऋषि धमलाले आफ्नो पूर्ण साथ र समर्थन रहने स्पष्ट पार्नुभएको छ। देशभर सामाजिक र मानवीय सेवामा सक्रिय रहँदै आएको साहसी युवा क्लबले हालै स्वास्थ्य समस्याबाट जुधिरहेका भरत सुनुवारको उपचारका लागि आर्थिक तथा नैतिक सहयोग जुटाउने अभियान सञ्चालन गरिरहेको छ।

यसै क्रममा पत्रकार ऋषि धमलाले सार्वजनिक रूपमा अभियानप्रति ऐक्यबद्धता जनाउँदै भनेका छन्, "भरत सुनुवारजस्ता सामाजिक व्यक्तित्वको जीवन र स्वास्थ्यका लागि हामी सबैले साथ दिनु आवश्यक छ। म व्यक्तिगत रूपमा यो अभियानमा सक्दो सहयोग गर्नेछु।"

धमलाको यो अभिव्यक्तिले अभियानमा नयाँ ऊर्जा थपेको साहसी युवा क्लबका पदाधिकारीहरूले बताएका छन्। क्लबले यसअघि पनि विभिन्न सामाजिक सेवाका कार्यहरूमा जुट्दै आएको छ र भरत सुनुवार बचाउ अभियानलाई जनस्तरमा फैलाउँदै सहयोग संकलन गरिरहेको छ।

यस अभियानमा देशभित्र मात्र नभइ विदेशमा रहेका नेपाली समुदायले पनि साथ दिन सुरु गरेका छन्। साहसी युवा क्लबले सबैमा अपिल गर्दै भनेको छ, "भरत दाइ हाम्रो साझा सन्तान जस्तै हुनुहुन्छ। उहाँको उपचारमा सानो सहयोग पनि जीवनरक्षक हुन सक्छ।"

https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *